काठमाडौं । छतमा खेल्ने क्रममा करेण्ट लागेर बालकको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका ४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेण्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेण्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय