काठमाडौं, २३ साउन । काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको ३ मिनेटमै सम्पर्क विहीन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका(७ सूर्यचौरमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पाँचै जनाको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हेलिकप्टर अरुण मल्लले उडाएका थिए । जसमा चार चिनियाँ सवार रहेका थिए । ५ जनाको घटनास्थलबाट शव निकालिएको छ । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।






