सिरहा । सिरहाको औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको खुलासा भएको छ । औरही गाउँपालिकामा १५ बेड क्षमताको आधारभूत अस्पताल निर्माण गर्न गत आर्थिक बर्षमा जग्गा खरिद गरेको थियो । सो जग्गा खरिदमा अनियमितता भएको विषय महालेखाको प्रतिवेदनले सार्वजनिक गरेको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जग्गा खरिद प्रकृया नियम विपरीत गरि आर्थिक अनियमिता ठहर गरेको छ । स्थानीय तहले कुनै पनि खरिद कार्य गर्दा सम्बन्धि स्थानीय तहले कानुन बनाएको भए सोही बमोजिम र कानून नभएमा प्रदेश संघीय ऐन बमोजिम हुने संबैधानिक तथा कानुनी व्यवस्था छ । औरही गाउँपालिकाले यस सम्बन्धि कानुन नै बनाएको छैन् । आफूले कानून बनाएपछि जग्गा प्राप्ति ऐन् २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण तथा सिफारिस समिति मार्फत खरिद गर्नु पर्ने थियो । औरही पालिकाले त्यसरी निर्धारित ऐन बमोजिम खरिद नगरी नियम बिपरित अन्य विधि अपनाएर खरिद गरेको देखिएको महालेखाले जनाएको छ ।

महालेखा परिक्षणको प्रतिबेदन अनुसार एक स्थानीय पत्रीकामा औरही हटिया चौक देखि उत्तर चमरटोलीसम्म र दक्षिण कसहा–औरही पूर्वपश्चिम सडकसम्म जोडिएको अथवा औरही अस्पतालसंग जोडिएको न्युनतम १० कठ्ठा र अधिकत्तम १५ कठ्ठा बिचको जग्गा हुनुपर्ने भनेर २०७९/७/३ गते बिहिवार ३० दिनको समय दिई सुचना प्रकाशन गरेको मखालेखाको प्रतिवेदनमा उल्लेख छ । सो कार्यको लागी विभिन्न ३ जनाले प्रस्ताव पेस गरेकोमा ३ मध्ये कम दर रकम प्रस्ताव गर्ने राजेन्द्र सिंह औरही–५ को प्रति कठ्ठा ७ लाख ७१ हजार ६ सय ५० रुपैयाको दरले ११ कट्ठा १० धुर जग्गा खरिद गरे बापत आन्तरिक कोषबाट ५० लाख र सम्पुरक कोषबाट ३८ लाख ७३ हजार ९ सय ७५ गरि जम्मा ८८ लाख ७३ हजार ९ सय ७५ रुपैया भुक्तानी दिइएको महालेखाले जनाएको छ । पालिकाको आवश्यकता र सुचनामा तोकेको न्युनतम सर्त अनुसार अस्पतालसंग जोडिएको जग्गा नै हुनुपर्ने तोकिएकोले प्रतिस्पर्धी सिमित भएको र जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिमको मुआब्जा निर्धारण तथा सिफारिस समितिको सिफारिस बमोजिम जग्गा प्राप्त गर्नुपर्नेमा अन्य विधि अपनाइ जग्गा प्राप्त गरेकोले नियम संगत नभएको प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचार गर्ने नियत र आफुले चाहेकै व्यक्ति क्यारेकटेरीया भित्र पर्ने आशयले नियम विपरीत जग्गाको केही सिमित धेरा तोकी दिएको छ । यस अघि तत्कालीन गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले समेत त्यही १५ बेड अस्पतालको लागी जग्गा खरिद गरि डि.पि.आर तयार गरेर अस्पतालका लागी शिलान्यास समेत गरिसकेका थिए । बर्तमन पालिका अध्यक्ष शिवजी यादवले पुनः त्यहि अस्पतालका लागी जग्गा खरिद गरेको छ ।

यसरी जग्गा खरिद प्रकृया पारदर्षि नभएको र ऐन कानून विपरीत भएकोले महालेखाले आफ्नो प्रतिवेदनमा औल्याएको छ । जग्गा खरिद प्रकृयालाई लिएर नियमनकारी निकायले अनुसंधान गर्नुपर्ने स्थानीय अगुवाहरुको भनाई छ । औहरीगाउँपालिकामा चरम भ्रष्टाचार भैरहेकोले विगतमा गरिएको निर्णय र प्रकृयाहरुको सुक्षम तवरले अनुसंधान गर्नुपर्ने स्थानीय नागरिक अगुवाहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय