जनकपुरधाम – सप्तकोशी नदीमा पानीको बहाब बढेपछि ३४ वटा ढोका खोलिएको छ। सप्तरी र सुनसरी जिल्लाको सीमा भएर बग्ने सप्तकोशी नदीमा पानीको बहाब बढ्ने क्रम जारी रहेको र चारबजे तथ्यांक अनुसार अहिले २ लाख ७२ हजार ४८५ क्यसेक प्रति सेकेन्डका दरले पानीको बहाब रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए।

उनले कोशी नदीको पुलमा साइरन समेत बजिरहेको बताए। उनले पानीको बहाब बढेअनुसार ढोका खोल्ने क्रममा जारी रहेको बताए। दुईबजेसम्म ३१ वटा ढोका खोलिएकोमा अहिले चारबजे तिर ३४ वटा ढोका खोलिएको बताए।

उनले पानीको बहाब बढ्दै जाँदा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमापारीका जिल्लाका डिएम तथा सम्बन्धीत निकायसँग समन्वय गरेर ढोका खोल्ने काम भइरहेको बताए। यस्तै, सप्तरीको अन्य ठाउँमा भने अहिले डुबानको रिपोटिंग नभएको प्रजिअ मंग्रातीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय