काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।

आइडियल यमुना हाम्रो सहकारीका अध्यक्षसमेत रहेका उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हो ।

उनीमाथि ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप लागेको छ ।

उप्रेतीविरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

बचतकर्ताले उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकविरुद्ध पनि उजुरी हालेका छन् ।

एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको छ ।

उप्रेती लामो समयदेखि राष्ट्रिय सहकारी बैंकको अध्यक्ष पदमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय