काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न जरुरी भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताए।

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ थियो। ‘नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक छ। किनभने कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ,’ उनले भने।

कांग्रेस भित्रको फोहोर सफा गर्न निम्ति ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर आफू भित्र लागेको दाग सफा नहुने उनले बताए। थापाले भने, ‘कांग्रेस भित्र फोहोर थोरै छ, सफाको अंश धेरै छ। तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय