टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले १७३ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा १७२ रन बनाएको हो। वेस्ट इन्डिजका लागि एलिक एन्थेनेजले ४२, रोस्टोन चेसले ३३, जोनसन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले कसिलो बलिङ गरे। दुवै जनाले तीन-तीन विकेट लिए। त्यस्तै, अविनाश बोहराले एक विकेट लिए।

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले शृङ्खला जितिसकेको छ। यसअघिका चार खेलमा तीन खेल वेस्ट इन्डिजले र एक खेल नेपालले जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय