काठमाडौं : वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ। टी–२० शृंखलाअन्तर्गत अन्तिम खेल आज वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्न लागेको हो।

आज नेपाली टोलीमा सागर ढकाल र अनिल शाह टोलीमा समावेश छन्।

nullकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।

नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपश्चात आइतबार दोस्रो खेलमा १० रन, बुधबार भएको तेस्रो खेलमा ७६ रनले नेपाल पराजित भएको हो।

आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग टी–२० शृंखला खेलिरहेको हो। आजको खेलपश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकप खेल्नका लागि प्रस्थान गर्नेछ। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा पनि अभ्यास गर्नेछ।

नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरिसकेको छ। क्यानले विश्वकप खेल्न जाने टोलीलाई शुक्रबार बिदाई गरेको थियो। नेपाली टोली १० वर्षपछि विश्वकप खेल्न लागेको हो। समूह डीमा रहेको नेपालसँग विश्वकपमा नेदरल्याण्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय