सिरहा । सिरहामा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र विषयगत शाखाका कर्मचारीहरुको लागी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । समापन कार्यक्रममा सिरहा नगरपालिकाका वडा नम्बर ८ का वडाअध्यक्ष योगेन्द्र हजरा यादवले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक बजेट, नीति तथा कार्यक्रम अगामी असार १० गते सार्वजनिक हुने भएकोले त्यसका निम्ति सबै दल, जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।


सिरहा नगरपालिकाका जनप्रतिनिधि तथा बिषयगत शाखाका कर्मचारीहरुको लागि वहुक्षेत्रीय पोषण तथा योजना तर्जुमा सम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने अन्तरक्रिया कार्यक्रमको समापन समारोहमा वडाअध्यक्ष यादवले सहभागी सवैलाई अगामी आर्थिक वर्षका निम्ति बजेट र नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने गरी तयारी गर्न आग्रह गरेका छन् ।
वडाअध्यक्ष यादवले जनप्रतिनिधि तथा बिषयगत शाखाका कर्मचारीहरुको लागि स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया तालिमबाट धेरै बिषयबस्तु बुझ्न मद्दत मिलेकोले यसलाई जनप्रतिनिधिले व्यवहारमा लागुपर्नेमा धारणा राखेका छन् ।
आसमान नेपालको आयोजनामा सिरहा नगरपालिकाका जनप्रतिनिधि तथा बिषयगत शाखाका कर्मचारीहरुको लागि योजना तर्जुमा प्रक्रियाका सात चरणहरु, वस्ती तहको योजना तर्जुमा अवधारणा र प्रक्रिया, स्थानीय तहको आय श्रोतहरु, स्थानीय तहका पदाधिकारीहरुको काम कर्तव्यहरु, वडा समितिले गर्ने काम कर्तव्य, वहुक्षेत्रीय पोषण योजना परिचय, वहुक्षेत्रीय पोषण योजना कार्यान्वयन ढाँचा, पोषण मैत्री स्थानीय सरकारको अवधारणा, पोषणमैत्री स्थानीय सरकारको महत्व, पोषणमैत्री स्थानीय सरकारको सूचकहहरु लगायतका विषयबस्तुहरु अन्तरक्रिया कार्यक्रममा वृहत छलफल गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियालाई जनमुखि बनाउने उद्देश्यले वस्तीस्तरबाट योजना संकलन गर्ने प्रक्रिया, योजनाहरुलाई प्राथमिकीकरण गर्ने आधारहरु तथा प्राथमिकीकरण गरिएका योजनाहरुलाई सभाबाट स्वीकृत गराउने प्रक्रियाबारे बृहत विचार विमर्श गरिएको छ ।
सो कार्यक्रममा सिरहा नगरपालिकाकी उपमेयर बबिता कुमारी साहले महिलाहरुमा क्षमता विकास गर्न जरुरी रहेको बताएकी थिईन । महिलाहरुलाई सशक्तिकरण गरी सीप विकासतर्फ अग्रसर गर्दै शिक्षा, स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नुपर्नेमा आवश्यकता औल्याएकी छिन् ।
समापन समारोहमा सिरहा नगरपालिकाको २२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, कृषि प्राविधिक, वरिष्ठ उद्यम विकास सहजकर्ता, प्रशिक्षक, असमान नेपालकी पैरवी अधिकृत बसुन्धारा साह, योजना शाखा प्रमुख मनोज कुमार ठाकुरले जनप्रतिनिधि तथा बिषयगत शाखाका कर्मचारीहरुको लागि यो तालिम एकदमै राम्रो व्यवहारिक भएको सिक्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन् ।



