धनकुटा । विपद व्यावस्थापन समित धनकुटाको बैठक पाख्रिबास ४ तालतलैया स्थित सिमसार क्षेत्रमा रहेको हवाईजहाजभित्र सम्पन्न भएको छ ।
ऐतिहासिक रूपमै हवाईजहाज भित्र वसेर विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको यो पहिलो हो ।
धनकुटा नगरपालिका भित्र मात्र हुदै आएको उक्त बैठक पर्यटन प्रवर्दनकालागि धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्वर ४ सिमसार स्थित तालतलैयामा रहेको नमुना हवाई जहाज भित्र वसेर सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पैडेलले बैठक सञ्चालनका क्रममा बताउनु भयो ।
उक्त बैठकमा लेउती खोला व्यावस्थान, भेडेटार हुदै ६नं.बुधबारे, रवि, राँके सडकमा पनि जोखिम रहेको, नेपाल बिधुत प्राधिकरणका पुराना पोलहरू हटाउनु पर्ने, कच्चि सडकमा चल्ने सानाठुला सवारी साधानको व्यावस्थापनकालागि कार्य योजना तयार, विधुत सर्ट भएर हुने र भएका आगलागी कम गर्ने अभियान, बर्खायाम शुरू भएसँगै धनकुटा जिल्लाको खानेपानी नुहाउन पनि नसकिने, सामान वोक्ने गाडिले मान्छे बोकेर हिड्नु, क्षमता भन्दा बढी यात्रु बोक्नु, पुराना सवारी साधान नियन्त्रण, रूखले लागेर गुडिरहेको मोटरसाईकलमा सवार महिलाको मृत्यु लगायतका विषयमा छलफल गरिएको थियो ।
यसका साथै धराप र उमेर पुगेका बुढाखाडा रूखहरू हटाउन, बाढी पहिरो लगायतका हुनसक्ने जोखिम यकीन हुनुपर्ने, वैठकमा एक आर्थिक बर्षका विपद् के कति भएका छन् तथ्यांक सहित प्रस्तुत गरिनु पर्नेलगायतका विषयमा छलफल गरिएको छ ।
विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तयारीकालागि विभिन्न संघ संस्थाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटालाई जिम्मेवारी दिईएको छ ।
विभिन्न शिर्षकमा बजेट विनियोजन हुने गरेको भएपनि विपद व्यावस्थापनका लागि वजेट विनियोजन कम हुदा विपद व्यावस्थापन गर्न समस्या रहेको भन्दै आगामि दिनमा विपद व्यावस्थापनकालागि पनि वजेट विनियोजित हुनुपर्ने सरोकारवाला निकायको माग छ ।
वडा अध्यक्षको रोहवरमा प्रमुख जिल्ला अधिकारीले जोखिम रूख तत्कालै काट्ने प्रावधान हुनुपर्नेमा जोडदिनुभयो ।
उक्त वैठकमा आएका सुझावका मर्मलाई आत्मसाथ गर्दै विपद पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरिने छ ।
दमकल, खानेपानी, लगायतका पुर्वतयारी गर्नुपर्ने, सडकको वरपर रहेका रूखहरू, मान्छेहरूको आवातजावत हुने ठाउहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
उक्त कार्यक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्वर ६ गुल्म हे.क्वा. छिन्तांङका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्माछाने, जिल्ला प्रहरी कार्यलयका प्रमुख, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, पालिकाका प्रमुख विभिन्न दलका प्रमुख तथा पाटी प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय