सिरहा, २६ फाल्गुण । सदरमुकाम सिरहामा जारी सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक सलहेश युवा कल्व विजयी सुरुवात गरेको छ ।

सिरहा सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा घरेलु टोली सलहेश युवा कल्व (रातो) ३–० गोल अन्तरले हेटौंडा फुटबल एकेडमी विरुद्ध सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलमा सुरुवाती अग्रता सलहेश युवा कल्वका विदेशी खेलाडी फोडे फोफोनाले १६औं मिनेटमा दिलाएका थिए । पहिलो गोलले अग्रता कायम राखेकै बेला जय गुरुङले खेलको २२औं मिनेटमा आयोजक टोलीको तर्फवाट दोस्रो गोल गरेका थिए । त्यसपछि पुनः फोफोनाले व्यक्तिगत दोस्रो गोल खेलको ३८औं मिनेटमा गरेसंगै घरेलु टोली सलहेश युवा कल्व मध्यान्तरसम्म ३–० गोलको अग्रता कायम राख्यो ।

मध्यान्तरपछि कुनै टोलीवाट गोल हुन सकेन । खेलमा दुई गोल गरेका घरेलु टोलीका फोडे फोफोनालाई प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरिएको छ ।
जारी प्रतियोगिता फाल्गुण २१ गतेदेखि सुरु भई ९ दिनसम्म अर्थात फाल्गुण ३० गतेसम्म चल्नेछ । जसमा नेपाल भारतका १० वटा टिमले भाग लिएका छन् । यी टिमहरु आयोजकसहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रहेको छ ।

गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजीप यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय