काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्रै विश्वासको मत लिने भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक पछि पत्रकारसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएकी हुन्। अहिले मन्त्रिपरिषद् २० सदस्यीय छ।

नेपाली कांग्रेसले ‘प्रचण्ड’ सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने भएको हो। उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ।

कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रचण्डले राजनीतिक बेइमानी गरेको ठहर गर्दै समर्थन फिर्ता लिएको कांग्रेसले  जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय