सिरहा । सिरहा नगरपालिकाको सहयोगमा सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
सलहेश युवा कल्वले अगामी आज (फाल्गुण २१) देखि ९ दिनसम्म चल्ने गरी नेपाल भारतका १० वटा फुटबल टिमको सहभागिता रहने सहिद हेमनारायण गोल्डकप आयोजनाको तयारीमा जुटेका सलहेश युवा कल्वले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब बेलवारी, (मोरङ) र नव जनजागृनी युवा क्लब, (सिमरा) भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फाल्गुण ३० गतेका दिन हुनेछ ।
सलहेश युवा कल्व सिरहाको आयोजनामा हुने गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताएका छन् । यस्तै उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने गोल्डकपको तयारी पूरा भएको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले आयोजक सहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रह्ने बताएका छन् ।
प्रतियोगितालाई भव्य बनाउने गरि सम्पूर्ण तयारी पूरा भएको भन्दै अध्यक्ष यादवले खेल मैदान, उद्घाटन र समापन, खेलाडीको सुरक्षा र व्यवस्थापन, दर्शकको सुरक्षा जस्ता विषयमा विषेश ध्याई दिईएको बताए ।



