सिरहा । सिरहा जिल्ला अदालत बार एशोसिएशनले जिल्ला प्रशासन कार्यालय सिरहामा भईरहेको मिटरब्याज सम्बन्धी छलफल आतंक रहेको जनाएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका दलबल सहितको बार एशोसिएशनको टोलीले बुझाएको ज्ञापन पत्रमा ‘मिटरब्याज सम्बन्धी छलफलको नाउँमा भईरहेको आतंक तत्काल स्थगित गरी कानूनी शासनको व्यवस्थाको पालना गर्न माग गरेका छन् ।

ज्ञापन पत्रमा कतिथ मिटरब्याज पीडितको नाउँमा आतंकी स्वरुप धारण गर्दै गईरहेको र अड्डा अदालत, घर आवास सडकमा समेत कानून व्यवसायी सुरक्षित नरहेको भन्दै सुरक्षाको प्रत्याभूतिको माग स्थानीय प्रशासनसँग गरेको छ । ज्ञापन पत्रमा सिरहा जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको मिलोमतोमा अपराधमा संलग्न व्यक्ति थुनमुक्त गरिएको दावी गरिएको छ । बार एकाईले गत माघ ४ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका क्रममा कानून व्यवसायी अधिवक्ता सूर्य कुमार यादव र सुबोध नारायण गोईतमाथि भएको आक्रमणलाई केन्द्रमा राख्दै मिटरब्याज सम्बन्धी छलफललाई आतंको रुपमा परिभाषा गरिएको छ ।

जिल्ला अदालत सिरहा बार एशोसिएशन सिरहाका अध्यक्ष मदन कुमार साह र संघर्ष समितिका अध्यक्ष बरिष्ठ अधिवक्ता कामेश्वर प्रसाद यादवको संयुक्त हस्ताक्षर गरिएको ज्ञापन पत्रमा सिरहा नगरपालिका–१ मा रहेको सिरहा पुस्तकालयदेखि प्रादेशिक अस्पताल सिरहासम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, कानून व्यवसायीलाई शान्ति सुरक्षाको कडा व्यवस्था गर्नुपर्ने, कानून व्यवसायी उपर भएको घटनाको दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग गरेका छन् ।

त्यससँगै मिटरब्याज सम्बन्धी उजुरी उपर छलफल र समाधान निकाल्दै गर्दा बारले अदालतमा विचारधीन मुद्दा र फैसला भएको मुद्दामा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट भईरहेको ठाडो हस्तक्षेप बन्द गर्न माग गरेको छ ।

अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा करिब ४ हजार मिटरब्याज सम्बन्धी उजुरी दर्ता रहेका छन् । चरम मिटरब्याजको चक्रमा फसेको मधेशमा मिटरब्याजीहरुले नागरिकलाई चरम दोहन गरेका छन् । त्यहि हुँदा पनि जिल्ला बार एशोसिएशन सिरहा एक शब्द बोल्न नसक्नु र आफ्नो बचाउमा धम्कीपूर्ण रुपमा अगाडी बढेको बौद्धिक समाजले प्रश्न उठाएको छ । मिटरब्याज सिरहासँगै मधेश प्रदेशको जिल्लामा धेरैको जायजेथा, ज्यान लिईसक्दा पनि कानून व्यवसायीहरुले दलदलमा फस्दै गरेको समाजवलाई उकास्ने सम्बन्धी कहिले कुनै निर्णय गर्न नसेको र समाजलाई अगुवाई गर्न नसकेको र पीडितलाई मलहल लगाउनुको सट्टा त्रास दिन खोजेको नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय