सिरहा । सिरहा नगरपालिका वडा नं. ८ महिसौथामा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ ।
वडा कार्यालयले शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । वडाध्यक्ष योगेन्द्र हजरा यादवको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर एवं उक्त कार्यक्रमका प्रमुख अतिथि डा नविन कुमार यादवले गरेका हुन ।
कार्यक्रममा बोल्दै मेयर डा यादवले यो महिनाको जाडो र शितलहरका बिच ज्येष्ठ नागरिकको सहजताका लागी वडा कार्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताए । उनले चिसोको मौषममा सबैभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई समस्या हुने हुँदा वडा कार्यालयले कम्बल वितरण गरेको बताए । उनले उक्त कम्बलले चिसोमा ज्येष्ठ नागरिकहरुलाई न्यानोको अनुभुती हुने जिकिर गरिन् ।

यसका साथै उनले नगरपालिकाले पनि नगरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई चिसो मौषममा कम्बल वितरणको योजना राखेको बताए । उनले माघ महिनाको जाडोलाई मध्यनजर गरी ज्येष्ठ नागरिकहरुलाई सहज हुने किसिमले काम गर्न वडालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले वडाले चिसो मौषमलाई मध्यनजर गरी ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको बताए । उनले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको बताए ।
उक्त कार्यक्रम वडा नम्बर ३ का वडाध्यक्ष प्रदिप कुमार मण्डल, वडा नम्बर ८ का वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य, कर्मचारी, स्थानीय बुद्धिजिवी, समाजसेवीहरुको सहभागितामा कार्यक्राम सम्पन्न भएको वडा अध्यक्ष योगेन्द्र हजरा यादवले बताएकाछन् ।



