सिरहा । सिरहा नगरपालिकामा सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ ।
सिरहा नगरपालिका वडा नम्बर १० नरहैयामा शुक्रबार सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव र उपमेयर बबिता कुमारी साहले संयुक्त रुपमा नरहैयामा प्रदेशबाट २५ लाख र नगरपालिकाबाट ७ लाख जम्मा ३२ लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर डा यादवले जानकारी दिएकाछन् ।

No description available.

मेयर डा यादवले सामुदायिक भवन बनेपछि त्यस बस्तिमा सभा समारोह, शुभकार्य, भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने बताए ।
शिलान्यास कार्यक्रममा सिरहा नगरपालिका मेयर डा नविन कुमार यादव, उपप्रमुख बबिता कुमारी साह, वडा नम्बर १० का वडाध्यक्ष दिपक मुखिया, वडा सदस्य लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय