काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ ।
संसदको कानून न्याय तथा मानव अधिकार समितिमा आज उक्त विधेयकमाथि छलफल गर्ने तय भएको थियो ।

समिति सभापति विमला सुवेदीका अनुसार आज २० जनालाई उपस्थित हुन भनिएको थियो । यो विधेयकमा ६२ जना सांसदको संसोधन परेको छ ।
संसोधनकर्ता सांसदहरु डोलप्रसाद अर्याल, रघुजी पन्त, गणेश पराजुली, अमरेशकुमार सिंहलगायतले सबै संसोधनकर्ताहरुसँग एकैपटक छलफलको माग गरेका थिए ।
सभापति सुवेदीले ६२ जनामध्ये ५६ जनासँग कुरा गरेको र उपस्थित हुन सक्ने २० जनालाई बोलाइएको बताइन् ।




