काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरेको बताएका छन् । पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अहिले कोशी प्रदेशको विषयलाई लिएर पनि आफ्नो पार्टीलाई मिलेर अघि बढौं भन्न थालिएको बताए ।
उनले आफूहरुले पूँजीवादको विरुद्धमा र समाजवादको पक्षमा उभिने योद्धा भएको दाबी गरे । उनले कोशीको प्रसंगमा थप्दै पटक-पटक सरकार फेरिनुपर्ने कारणमा निर्वाचन प्रणाली भएको बताए ।




