सिरहा । सिरहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ।

सिरहा नगरपालिका– १७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा– ११ घर भएका करिब ३५ वर्षीय मो. अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। घटनास्थलको मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल सिरहामा राखिएको उनले बताए ।

भारतमा रहेका अकबरका परिवारलाई घटनाबारे खबर गरिएको जानकारी दिँदै पाण्डेले शवको शरीरमा कुनै शंकास्पद कारण नदेखिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय