सिरहा र धनुषा सीमा जोडिएको कमला नदी किनारमा बिहीबार एक युवक मृत फेला परेका छन् ।
May be an image of 1 person and smiling
कमला नदीको उत्तरवाहिणीमा नुहाउन गएका मिर्चैया नगपालिका–४ जितमहान टोलका १८ वर्षीय राजेश कापैर मृत अवस्थामा भेटिएका हुन् । जनै पूर्णिमाको अघिल्लो दिन धार्मिकस्थल उत्तरवाहिणीमा साथीहरूसँग नुहाउन गएका कापर बेपत्ता भएपछि बिहीबार बिहानमात्र २ किलोमिटर दक्षिण कमला नदी किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

अघिल्लो दिन अपराह्न बेपत्ता भएका कापरको रातभरि खोजतलास गरे पनि बिहान ११ बजेतिर मात्र शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय