लहान । दुई दिन अघि सर्रे खोलाले बगाएर बेपत्ता भएका लहान नगरपालिका वडा नम्बर २४ का युबकको शब फेला परेको छ ।
प्रहरीका अनुसार सर्रे खोलाको बाढीले बगाएर बेपत्ता भएका लहान नगरपालिका वडा नम्बर २४, झुटकी निवासी करिव ३५ वर्षीय शिव नारायण यादवको शब भगवानपुर गाँउपालिका नराहा स्थित बलान खोलामा फेला परेको थियो ।

यादबको सर्रे खोलाले बाढीमा बगाएर ल्याएको दाउरा तान्ने क्रममा बगाएको थियो । यादबको शब पोष्ट मार्टमको लागि प्रादेसिक अस्पताल लहानमा राखिएको छ ।

शारीरिकरुपमा अशक्त, एउटा हात सुकेका यादब खोलामा दाउरा तान्न पसेका बेला बगाएको ईलाका प्रहरी कार्यलय लहानले जानकारी दिएको छ ।
उनको परिवारमा श्रीमती र साना बच्चाहरु छन् । आर्थिकरुपमा विपन्न रहेको परिवारको दैनिक गुजारा उनैले चलाउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय