सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जना एमालेमा प्रवेश भएका  छन् ।

एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  ।

समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय