सिरहा । यातायात व्यवस्था कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड बढी राजश्व असुली गरेको छ ।
यातायात कार्यालय लहान सिरहाले गत आर्थिक वर्ष २०७९/०८० मा सडक निर्माण तथा सम्भार दस्तुतरबाट एक लाख ६२ हजार, कम्पनि रजिष्ट्रशन दस्तुरबाट ५८ हजार एक सय, अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख ७८ हजार ८ सय ५०, प्रशासनिक जरिवना र जफतबाट ३३ हजार ६ सय, आयकरबाट एक करोड १८ लाख २९ हजार ३ सय ७५, सवारी करबाट ३२ करोड ७९ लाख ७७ हजार ७ सय ९ रुपैया, चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ११ करोड २ लाख ५ हजार ७ सय ५ रुपैया र यातायात क्षेत्रको आम्दानीबाट ८० लाख २ हजार २ सय ५१ गरी कुल ४५ करोड ८४ लाख ४० हजार ५ सय ९० रुपैया राजश्व असुली गरेको यातायात व्यवस्था कार्यालय लहान, सिरहाले जनाएको छ ।

कुल राजश्व मध्ये संघ सरकारको खातामा एक करोड १९ लाख ९१ हजार ३ सय ७५ रुपैया जम्मा भएको छ । त्यस्तै मधेश प्रदेश सरकारको खातामा ४४ करोड ६४ लाख ४९ हजार २ सय १५ रुपैया जम्मा भएको कार्यालयले जनाएको छ ।
आव २०७८/०७९मा ५२ करोड ३३ लाख ५७ हजार ६ सय १७ रुपैया राजश्व असुली गरेको थियो । त्यसको अनुपातमा आव २०७९/०८० मा ६ करोड ९७ लाख ८३ हजार २ सय २३ कम राजश्व असुली भएको कार्यालयले जनाएको छ ।
आव २०७९/०८० मा मोटरसाइकल, स्कुटर, मोपेड ९३९३, कार, जीप, भ्यान २७८३, टेम्पो अटोरिक्सा १७१, ट्रयाक्टर ४६३, मिनिबस ६७, ट्रक, बस, लहरी ६८२, रोडरोलर, डोजर ५, क्रेन, दमकल ३२, अन्य (जे) २४८ र स्कुटर २४९ गरी १४ हजार ९३ जनाले सवारी चालक अनुमतिपत्र लिएको कार्यालयले जनाएको छ ।




