काठमाडौँ । नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अरोपमा मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) भोला दाहालले बताए ।

२०५२ पुसमा सरकारी सेवामा प्रवेश गरेका पुरीले १ करोड चार लाख ३ हजार गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । पुरीको तलब र बढे बढाएको रकम १ करोड २० लाख ७७ हजार देखिएको छ । तर, उनले २ करोड २४ लाख ८१ हजार खर्च तथा लगानी गरेको भेटिएको छ ।

आरोपितको १ करोड ४ लाख ३ हजार ९ सय रकमको स्रोत नखुलेको आयोगका प्रवक्ता दाहालले जानकारी दिए । गैर कानुनी तरिकाबाट कमाएको सम्पत्ति पत्नी सृजना गिरीको नाममा समेत देखिएको भन्दै आयोगले उनलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय