सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई पद मुक्त गरी विधिसम्बत रुपमा अधिवेशन गराउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता भएको छ ।
पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि मधेश प्रदेशका १२ नेताहरूले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मधेश प्रदेश भरिमा सबैभन्दा कमजोर परिणाम सिरहामा भएकोले अवैधानिक रुपमा रहेका सभापतिलाई हटाएर अधिवेशन गराउन माग गरेका हुन् ।
उनीहरूले जिल्ला सभापति यादव अवैधानिक, अव्यवहारिक र नियमावली, निर्देशिका, आचारसंहिताविपीत रुपमा चलेको आरोप लगाएका छन्।

७७ जिल्ला मध्ये ७६ जिल्लाको जिल्ला अधिवेशन सदरमुकाममा हुने र सिरहा जिल्लाको मात्र अन्यत्र ठाउँमा गराई धाँधली गरेको उनीहरूको आरोप छ । एक पक्षीय ढंगबाट गोलबजारमा अधिवेशन तोकी निर्वाचन अधिकृत साजिव लामा र प्रहरी प्रशासनको मिलेमतोबाट बुथ क्याप्चर गराएको आरोप छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसमेतमा जिल्ला सभापतिले निर्वाह गर्नुपर्ने कार्य निर्वाह नगरेको हुँदा पार्टीको टिकटबाट उम्मेदवार भएका मध्ये कसैले पनि विजय हुन नसकेको उनीहरूको निष्कर्ष छ ।
पार्टी कार्यालयमा निवेदन दर्ता गर्नेमा पूर्वसांसद अमियकुरमा यादव, गणेश मण्डल, नरेशकुमार यादवलगायत १२ जना रहेका छन् ।
.jpg)



