जनकपुरधाम । मधेस प्रदेश सरकार शिक्षा तथा समाज कल्याण मन्त्रालयको आयोजना र प्रदेश युवा संजाल मधेस प्रदेश राष्ट्रिय युवा परिषद्को सहकार्यमा प्रदेश स्तरीय ३ दिवसीय नमूना युवा संसद अभ्यास कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
मधेस प्रदेश नमूना युवा संसद कार्यक्रमको समापन समारोहमा उद्योग वानिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहको उपस्थिती रहेको थियो ।

नमूना युवा संसद अभ्यास कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण प्रमुख प्रशिक्षक रक्की प्रसाद साह , प्रशिक्षकमा श्याम साह र मो. नइम राइनले प्रशिक्षण गर्नु भएको थियो। कार्यक्रममा मधेस प्रदेशको ८ औं जिल्लाबाट ४० जना युवाहरुको सहभागिता रहेको थियो।
नमुना युवा संसद अभ्यास कार्यक्रममा नमुना युवा मुख्य मन्त्री रौतहट जिल्लाका दिवस सराफ , सभामुख महोत्तरी जिल्लाकी गंगा शाह ,उपसभामुख रिजवान आलम लगायत निवार्चित हुनु भएको थियो। नमूना युवा संसद अभ्यास को क्रममा नमूना युवा संसद्को नमुना प्रदेश प्रमुख, प्रदेश सभामुख, उपसभामुख, मुख्यमंत्री, विभिन्न विषयका मन्त्री, प्रतिपक्ष दलका नेता लगायतको चयन गरी अभ्यास गरिएको थियो।नमूना युवा संसद अभ्यासको अवधारणा, व्यवस्थापिका, कार्यपालिका, न्यायापालिकाको काम, कर्तव्य र अधिकारको विषय, संसद भित्र हुने नियम कानुनहरु प्रक्रिया, नीति तथा कार्यक्रम को प्रस्तुति, बजेटको घोषणा, विधेयक पेश र पारित गर्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रम को पहिलो दिनमा मधेस प्रदेशको शिक्षा तथा समाजिक कल्याण मन्त्री महेश यादव, माननीय संसद राम आशिष यादवको उपस्थित रहेको थियो ।
त्यस्तै गरी “मधेस प्रदेशका युवा जनशक्तिलाई थप सशक्तिरण गर्न यस कार्यक्रमले प्रभावकारी टेवा पुग्ने र यो भन्दा पछिल्लो बर्षमा यो कार्यक्रम संचालन गर्न सकिएन तर अब आउने वर्षमा नयाँ जोश जागरका साथै हामी युवाहरुको लागि यस्तो कार्यक्रम ल्याउने नै छौँ । हामी युवाको कुनै मान्छे हुदैन हामी युवा आफैंमा मान्छे छौँ, हामीलाई हार मान्नेर बस्नु हुँदै आफ्नो काम कर्तव्यलाई इमानदारीका साथ गर्नु भयो भने ढिलो भए पनि लक्ष्य प्राप्त हुन्छ नै । साथै हाम्रो टिमबाट, होटेलको व्यवस्थापनबाट र मन्त्रालयबाट भएको कामी कजोरीलाई बिर्सेर तपाईहरुको उज्ज्वल भविष्यको कामना गर्दछु,” मधेस प्रदेश प्रदेश युवा संजालको अध्यक्ष श्याम शाहले बताउनुभयो ।



