जनमत पार्टीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को समर्थन नगर्ने भएको छ । विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
अर्थतन्त्र धराशायी भइराखेको बेलामा लुटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ । मन्त्री पदकै लोभमा अरू पार्टीजस्तो समर्थन दिन नसकिने उनले बताए ।





