लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले लघुवित्त संस्था खारेज गर, लघुवित्त पीडितहरुको ऋण मिनाहा गर लगायतका नारा लगाइरहेका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका छैनन् ।

लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको मन्दिरा लामाले बताइन् । वृद्धा आमाहरुलाई चाहिँ उनीहरुले ऋण लगानी गर्ने, उहाँहरुले किस्ता तिर्न सक्नु भएन भने तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिएको छ,’ उनले भनिन्, ‘यस्तो ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा उत्रिएका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय