काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएको थियो ।

तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, कोरोनाको दैनिक संक्रमणदर पछिल्लो समय औसतमा ६ प्रतिशतभन्दा बढी हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयको एक साताको विवरण अनुसार हिजो मंगलबारसम्म ७ हजार २ सय ६१ जनामा परीक्षण गर्दा ४ सय ६३ जनामा संक्रमण पुष्टी भएको छ ।

गत मंगलबारदेखि हिजोसम्म पुष्टी भएका संक्रमित तथा जम्मा परीक्षणको आधारमा कोरोना संक्रमणदर ६ प्रतिशत पुगेको देखिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । नेपालमा चैतको दोस्रो सातादेखि संक्रमण विस्तारै उकालो लाग्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय