शुभ नारायण कामती,  सिरहा । सिरहामा नेपाल प्रहरीको स्कर्टिङमा सामान तस्करी भइरहेको रहस्य खुलेको छ ।
शुक्रबार दिउसो करिब एक बजेतिर सिरहाको माडरबाट खिरौना–मखनाहा–वडाप्रहरी कार्यालय सिरहा ‘ख’–इमलीचौक–सारस्वर रोड–महिसोथा–गुलरीयामा प्रहरी प्रमुख एसपीको निर्देशनमा खटाइएका क्यूआरटीको बा२ब १२९१ नम्बरको मोटरसाइकलमा एक जना प्रहरीले भन्सार छलेर विष्णुपुर तिर लग्दै गरेको ना १ ज ३९६१ नम्बरको म्याजिकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नियन्त्रणमा लियो ।

उक्त म्याजिकलाई क्यूआरटीमा खटिएका प्रहरीले पुनः फेरी त्यही बाटो प्रयोग गरी गुलरीयाको गाउँ हुदै ठेङ्गही चौक र महिसोथाको मोडमा रोकेर गाडी चालकको मोवाइलबाट तस्करसित कुरा गरी सिरहा चोहर्वाको बाटो हुदै सिरहा आउने क्रममा महिसोथा (यूटियल टावर) को मोडमा तस्कर सित भेट हुन्छ र भन्सार छलेर ल्याएको सामान मध्ये केही बोरा सामान तस्करलाई झार्न दिन्छ र केही जिल्ला प्रहरी कार्यालयमा गएर बुझाउँछ ।
तस्करसँग क्यूआरटीमा खटिएका प्रहरीसँगै सिरहा नगर प्रहरी इन्चार्ज लगायतले मासिक रुपमा महिनाबारी असुली गर्दै आईरहेको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
प्रहरीले नियन्त्रणमा लिनुपर्ने अवैध सवै समानमध्ये तस्करीको स्वेच्छाले सुरक्षित गन्तव्यसम्म पुर्याउन दिएर केही समान मात्र नियन्त्रणमा लियो ।

घटना २
गत मंगलबार अर्थात चैत ७ गते मा ना १ ज ३९६१ नम्बरको म्याजिकबाट सशस्त्र प्रहरीले सागरदुध १८ बोरा, चिनी १६ बोरा र बिस्कुट नियन्त्रणमा लिई सिरहा भन्सार बुझाएको थियो । कालो नम्बर प्लेटको म्याजिकबाट भन्सार छलीका समान बरामद गरेपनि म्याजिक र चालकलाई छोडिदिए ।
घटना ३
फाल्गुन १९ मा वडा प्रहरी सिरहा ‘ख’ लगायत विभिन्न प्रहरी चौकीले लाइन क्लियिर गरेसँगै सिरहा नगरपालिकाका–५ मानपुर हुदै भारत तस्करी गरिरहेका गाई ५ वटा, बाछी ४ वटा र बछा ४ वटा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरी सिरहा भन्सारलाई बुझाएको थियो ।

घटना ४
फाल्गुन ३० गते मा वडा प्रहरी लगायत विभिन्न प्रहरी चौकीले लाइन दिदै कमलाको पूर्वी तटबन्ध हुदै भारत तर्फ जादै गरेको गाई १६ वटा र गोरु ४ बोर्डर आउट पोष्ट माडरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरी सिरहा भन्सारमा बुझाएको थियो ।
घटना ५
पुष महिनामा तात्कालिक प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुखको निवास भन्दा करिब २/३ सय मिटर उत्तर रहेको अबैध गोदामबाट चामल ५६ बोरा, चिनी २६ बोरा, मैदा ६६ बोरा (५० किलोबला), आटा ५२ बोरा (२५ किलोबला), आटा ६ बोरा (३० किलोबला) गरी करिब ४ लाख ६३ हजार २४० को सामान सिरहा भन्सारमा बुझाएको थियो ।
सिरहामा व्यापक रुपमा प्रहरीकै सेटिङमा तस्करी मौलाएको छ । माडरदेखि सदरमुकाम सिरहामा रहेको प्रहरी चौकी र वडा प्रहरीले मासिक रुपमा असुली गर्दै जिल्ला प्रहरीका उपल्ला अधिकृतहरुलाई पनि रकम बुझाउने गरेको छ ।

खैरटोकामा सशस्त्र प्रहरी र माडर, खिरौना, वडा प्रहरी कार्यालय र नेपाल प्रहरीको सुरक्षाकर्मीको गस्ती र निगरानीका बाबजूत तस्करहरुले मासिक रुपमा करौडौंको समान भारतबाट तस्करी गर्दै आई रहेका छन् । विभिन्न प्रहरी युनिटले मासिक रुपमा रकम असुल्ने गरेपछि नेपालबाट मदिरा, गाईवस्तु, सुपारी र भारतबाट विभिन्न सामग्री नेपाल तस्करी गरी भित्र्याउने गरेका छन् । खाद्यन्न, लत्ताकपडा, स्पेयर पार्ट्स, इलेक्ट्रोक्सि समानहरु तस्करहरुले प्रहरीको सेटिङमा तस्करी गर्दै आईरहेका छन् ।
प्रहरीले हात्तीको देखाउने र चपाउने दात जस्तै केही समानहरु मात्र बरामद गर्ने गरेको तर महिनामा करौडौं रुपैयाँको समान नेपाल भित्रिने गरेको छ ।
तस्करीका समान सिरहा बजारमा छ्यापछ्याप्ती पाउने गरेको छ । सिरहा बजारसँगै विष्णुपुर, मिर्चैया बजार, लहान बजार, गोलबजारमा पनि तस्करहरुले स्थानीय प्रहरी युनिटदेखि जिल्ला प्रहरीका अधिकृतहरुलाई मासिक रुपमा रकम बुझाउँदै तस्करी गर्दै आएको छ । तस्करहरुको तस्करीको लाईन खुला भएकोले नै पछिल्लो समय सिरहाको माडरमा रहेको भन्सार कार्यालयको राजश्व असुली निकै न्यून रहेको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वमा रहेको राजश्व चुहावट नियन्त्रण समितिले पनि प्रभावकारी काम गर्न सकेको छैन् । समितिको बैठक प्रभावहीन नै भएकोले नेपालबाट भारत र भारतबाट नेपाल विभिन्न समानहरुको तस्करी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय