टाईम्स अफ इन्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र सो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
यसै गरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ ।

अर्थतन्त्र सङ्कटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको छ।



