मन्दिर व्यवस्थापनदेखि स्थानीय अगुवाको मनौता संदेहपूर्ण

सिरहा । सिरहाको कमला नदीको पूर्वी तटमा अवस्थित प्राचीन सारस्वरनाथ महादेवको शिवलिङमा जडान गरिएको चाँदीको जलहरी सिरहा प्रहरीले अझसम्म फेला पार्न सकेको छैन् ।
साढे चार किलोको चाँदीको जलहरी चोरी भएको चार साता वित्नै लाग्दा जिल्ला प्रहरी कार्यालय सिरहाले अझसम्म फेला पार्न सकेको छैन् । प्राचीन सारस्वरनाथ महादेव मन्दिरमा सिसिटिभी क्यामेरा जडान रहेको र चाँदीको जलहरी चोरी भएको राती तीन/चार जना मन्दिर परिसरमा सुतेका थिए । प्रहरी अनुसंधानमा वेवास्ता गर्दा प्राचीन सारस्वरनाथ महादेवको शिवलिङमा जडान गरिएको जलहरी फेला परेको छैन् ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा भएको जलहरी चोरीलाई स्थानीय प्रशासनले गम्भीर रुपमा लिएको छैन् । घटनाको अनुसंधान गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी निरिक्षक … श्रेष्ठको कमाण्डमा टोली गठन गरेपनि उपलब्धीमूलक हुन सकेको छैन् । सिरहा प्रहरीले सारस्वनाथ महादेवको जलहरीलाई फिर्ता ल्याउन र चोरी कार्यमा संलग्न चोरलाई कारबाहीको दायरामा ल्याउन वेवास्ता गरिरहेको जानकारहरु बताउँछन् । जनकपुरधाम स्थित जानकी मन्दिरको पूर्वी क्षेत्रको द्वारपालको रुपमा रहेको सारस्वनाथ महादेव मन्दिरबाट जलहरी चोरी हुनु गम्भीर विषय भएपनि सिरहा प्रहरी भूमिका नै संदेहपूर्ण रहेको छ । ‘एकातिर जलहरी फेला पार्न नसक्नु र अर्कोतिर पछिल्लो अवस्थाको वारेमा सिरहा प्रहरी मौन हुनुले घटनालाई समान्य रुपमा लिएको बुझ्न सकिने,’स्थानीय एक जानकारले बताएका छन् ।

यता जलहरीका विषयमा सारस्वरका अगुवा र राजनीति नेतृत्व पनि मौन रहेका छन् । सारस्वरनाथ महादेवको जग्गा, धरोहरका चिजहरुको संरक्षण गर्नुपर्ने दायित्व पनि सारस्वरका स्थानीय राजनीतिक दल, अगुवाहरुको भएपनि जलहरीको विषयमा मौनता प्रकट गरेको छ । महिना दिन भईरहँदा सिरहा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष शिव शंकर झा, निर्वतमान वडाअध्यक्ष सत्रुधन साह, नेपाली काँग्रेसका स्थानीय नेता जिवछ गुप्ता लगायतका स्थानीय नेता र अगुवाहरुले पनि चासो नराखेको देखिन्छ । ‘एकातिर प्रहरीको अनुसंधान नै फितलो छ भने अर्कोतिर स्थानीय राजनीतिक नेतृत्वकर्ता र अगुवा चुप्पी साधेर बसेको छ,’ पत्रकार भोगेन्द्र साहले भने,‘ऐतिहासिक र प्राचीन महत्वको स्थलको संरक्षणमा यहाँ वेवास्ता भईरहेको छ ।’

प्रत्येक वर्ष महाशिवरात्री र साउने सोमवारीमा सारस्वरनाथ महादेवमा शिवभक्तहरुको घुइचो लाग्ने गर्छ । सिरहाको उत्तरबाहिनी स्थित कमला नदीबाट जल भरेर श्रद्धालुभक्तजनहरु प्राचीन सारस्वरनाथ महादेवमा चढाउने आउने गर्छ ।

बोलबम कवरीया, डाकबमको रुपमा लाखौं श्रद्धालुभक्तजन सारस्वरनाथ महादेवमा जल, वेलपत्र, धुतुरो, भण्डाभार लगायतका फलफूल चढाउन र धूले अभिषेक गर्न आउने गर्छन् । ऐतिहासिक र प्राचीन महत्वको सारस्वरनाथ महादेवको जलहरी चोरी भईरहँदा सिरहाका मुख्य राजनीतिक दल पनि मौन साधेको छ भने विभिन्न धार्मिक संगठनहरुले घटनाको छानबीन गर्न र यथास्रिघ जलहरी फेला पार्न स्थानीय प्रशासनलाई दवाव दिन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!