जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।

जसपाका नेता अमरेन्द्र यादवका अनुसार रहमानलाई ह्रदयघातका कारण निधन भएको हो । भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए । रहमान झापाकी हुन् । उनी जसपाका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय