जनकपुरधाम । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ ।

संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।

प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ ।

यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे ।

‘यदि तपाईको अतिथि बम लिएर प्रदेशसभा भित्र छिर्न खोज्यो भने छिर्न दिने की नदिने ?’ सभामुख मण्डलले प्रश्न गरे । त्यसपछि कांग्रेसका एक सांसदले सभामुखको उक्त कुराको विरोध गरे ।  १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय