जनकपुरधाम । मधेस प्रदेशमा तीन मन्त्रीले शपथ लिएका छन् । मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको लागि बिहीबार रातिसम्म बैठक बसेका थिए । तर सबै मन्त्रालयमा सहमति हुन् सकेन । सहमति नभएपछि मन्त्रीलाई विभाग नतोकेरै शपथ खुवाइएको छ ।

नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीबाट इन्जिनियर बसन्त कुशवाहाले शपथ ग्रहण गरेका हुन् । नेकपा (माओवादी केन्द्र)ले भागवण्डामा असन्तुष्टि जनाउँदै शपथ लिएका छैनन् । यद्यपि माओवादी संसदीय दलका नेता भारतप्रसाद साह शपथ ग्रहण समारोहमा उपस्थित भएका थिए ।



