सिरहा । महिला नेतृ देवझारी यादव घाईते भएकी छिन् । चिसोबाट जोगिन बालिएको घुर ताप्ने क्रममा आगलागीको शिकार भएकी नेतृ यादवको उपचार प्रादेशिक अस्पताल सिरहामा भईरहेको छ ।
उनको दुइटा हातमा आगोले जलेर घाउ भएको छ भने ढाडमा पनि आगोले असर गरेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उपचारमा संलग्न चिकित्सकहरु अनुसार नेतृ यादवको आगलागीका कारण शरीरको १३ प्रतिशत भागमा असर गरेको छ ।
सिरहाको औरही गाउँपालिका–५ सुब्बाऔरहीका यादव पूर्व प्रतिनिधि सभाका सांसद सुरेश चन्द्र दास विरुद्धमा विद्रोह गरेका थिए । त्यससँगै कमला पुल, हुलाकी सडक लगायतका जनतासँग जोडिएको विभिन्न सरोकारका विषयमा आवाज उठाउँदै आएकी थिईन् । नेतृ औरहीमा रहेको सुन्दर जनता माध्यमिक विद्यालयको सदस्य समेत रहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय