सिरहा । मधेश प्रदेशका नवनिर्वाचित कान्छो प्रदेश सांसद कंचन बिच्छालाई सम्मान गरेको छ ।
सिरहा सुडी समाज सिरहाले “बधाई शुभकामना तथा कार्यकाल सफलताको कामना कार्यक्रम” आयोजना गरि प्रदेश सांसद विच्छालाई सम्मान गरेको छ ।
सुडी समाज सिरहाका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद विच्छालाई दोसल्ला, फूलमाला र अबिर लगाएर कार्यकाल सफलताको शुभकामना दिदै सम्मन गरिएको छ ।
कार्यक्रममा राप्रपा नेता एंव तराई मधेश इन्चार्ज भोला साह, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह, पूर्व अध्यक्ष संजय महासेठलगायत सुडी समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।




