जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेता चयन भएका छन् । मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव शनिबार चयन भएका हुन् ।
उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित सांसद छन् । उनलाई पार्टीका नेताहरुले सर्वसहमत चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् ।
जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।
मधेसमा जनमत पार्टी चौथो दलको हैसियतमा छ । हालसम्म जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्दै आएको छ ।



