मधेश प्रदेशमा आज प्रदेशसभा सदस्यको शपथग्रहण हुने भएको छ ।  सप्तरीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । न्यौपानेलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराउने छन् । त्यसपछि न्यौपानेले प्रदेश सदस्यलाई शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश सभाको सचिवालयका सचिव रञ्जित यादवले बताए ।

शपथग्रहणको सबै तयारी पुरा भएको छ । शपथग्रहण आज दुई बजे हुने बताइएको छ । प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेश प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । १०७ जना सदस्यहरू विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् ।

दश दलमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ र जनमत पार्टी प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ, माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी आठ तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी ७ सिट प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट प्राप्त गरेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय