सिरहा । सिरहा नगरपालिका वडा नं. ११, भलुवाही स्थित स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा नम्बर ११ वडा कार्यालय तथा स्वास्थ्य चौकी भलुवाही को समन्वय सहकार्य तथा सहयोग एवं साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम सगरमाथा चौधरी आखाँ अस्पताल लहानको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर संचालन भएको थियो ।
शिविरमा ४ सय २० जनालाई आँखा चेक जाँच गर्ने क्रममा १ सय ६० जनालाई मोतिया विन्दु भएको भेटिएको थियो । उक्त मोतिया विन्दु भएकाहरुलाई आखाँ अस्पतालमा शल्यक्रियाको लागि सिफारिस गरिएको स्वास्थ्य चौकी भलुवाहीका प्रमुख प्रदिप नारायण ठाकुर बताएकाछन् ।
निःशुल्क शिविर कार्यक्रम सिरहा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बिनोद कुमार कामतीको अध्यक्षतामा भएको शिविरमा प्रमुख अतिथी सिरहा नगरपालिका उपमेयर बबिता साह, विशिष्ठ अतिथी सिटिइभिटी मधेस प्रदेशका निर्देश्क नागेन्द्र साह, खाध सस्थानका पुर्ब जिएम हरिनारायण साह तथा अतिथीहरु सिरहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मो. इदरिश राइन, आँखा अस्पताल लहानका शिविर प्रमुख राजकुमार यादव लगायत स्थानीय बुजिवी समाजसेवी, संचारकर्मीको उपस्थिति रहेको आयोजकले बताएकाछन् ।




