काठमाडौं । नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी बहुमत सांसदको समर्थन लिएर राष्ट्रपतिकहाँ जाने तयारी गरेका छन् ।

बालकोटमा भएको सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी पार्टीको समर्थनसहित जान लागिएको नेता देव गुरुङले जानकारी दिए ।

उनका अनुसार अब केहीबेरमा राष्ट्रपतिकहाँ जाने तयारी गरिएको छ ।

बालकोटमा भएको छलफलमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको समर्थन रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय