सिरहा । सिरहामा ट्याक्टरले किचेर एक कामदारको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–५ स्थित सडकमा प्र १–०२–००३ त २१०३ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा काम गर्ने धनगढीमाई नगरपालिका–७ कसहा बस्ने १५ वर्षीय जयप्रकाश महतोको मृत्यु भएको हो ।

माटो मुछ्ने मेसिन जडान गरिएको ट्याक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय