सिरहा १ मा ढिलो गरी सुरु भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार जसपा-एमाले गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार रामशंकर यादवले ३६० मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार पदमनारायण चौधरीले ३३७ मत प्राप्त गरेका छन् ।
पदमनारायण चौधरी त्यहाँका निवर्तमान सांसद हुन् ।




