सिरहाको चारवटै क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ । प्रतिनिधि सभा, प्रदेश सभासहित समानुपातिकको पनि सँगसँगै मतगणना गर्ने सहमतिपछि मतगणनाको तयारी भइरहेको बताइएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभासहित समानुपातिकमो पनि सँगै मतगणना हुनुपर्छ भनि एमाले–जसपा गठबन्धनको अडान थियो । विहानैदेखि यिनै विषयमा दलहरुको बीचमा विवाद चलिरहेको थियो ।

अन्ततः सबै मत एकपटक गणना हुने सहमति भएपछि मतगणनाको तयारी भइरहेको त्यहाँ स्थित जसपाका एक स्थानीय नेताले बताए । सिरहा क्षेत्र नम्बर १ मा प्रत्येक बुथको छुट्टा छुट्टै मतगणना हुने पनि सहमति भएको छ ।
एउटा क्षेत्रको मतपत्र एकै ठाउँमा राखेर मतगणना गर्ने भए पनि सो क्षेत्रमा प्रत्येक बुथको छुट्टा छुट्टै मतगणना गर्नुपर्ने अडानमा दलहरू थिए । दलहरूले अडान लिएपछि निर्वाचन कार्यालयले बुथ अनुसार नै मतगणना गर्ने तयारी गरिरहेको बताइएको छ ।



