जनकपुरधाम । धनुषामा मतगणना आज रातिदेखि नै सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।
मतपेटिका गणनास्थलमा पुगेपछि रातिदेखि नै गणना सुरु हुने भएको हाे । सबै मतदान केन्द्रको मतपेटिका गणनास्थलमा पुगिसकेको छ ।

चारै निर्वाचन क्षेत्रबाट आइतबार रातिदेखि नै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को गणना जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा, निर्वाचन क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा, निर्वाचन क्षेत्र नम्बर २ को औरहीमा र निर्वाचन क्षेत्र नम्बर १ को गणना धनुषाधाम १ मा गरिनेछ ।
“धनुषामा सबै निर्वाचन क्षेत्रको मतगणना आइतबार रातिदेखि नै सुरु हुन्छ,” उनले भने, “मतपेटिका गणनास्थलमा पुगेपछि गणना सुरु गर्ने हामीले तयारी गरेका छौँ ।”
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बाँस र फलामको घेरा हालिएको छ । सीसी क्यमरा पनि जडान गरिएको छ । सर्मथकहहरूलाई सुन्नको लागि हर्न माइक र साउन्ड बक्सको व्यवस्था गरिएको छ ।



