सिरहा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सिरहा क्षेत्र नम्बर ३ वाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लीलानाथ श्रेष्ठले जित नजिक रहेका छन् ।
नेकपा एमाले–जनता समाजवादी पार्टी नेपाल (जसपा)को संयुक्त उम्मेदवार रहेको पूर्वकानूनमन्त्री श्रेष्ठ निर्वाचन जित्नेमा ढुक्क रहेका छन् । पूर्वमन्त्री श्रेष्ठले ७ हजार वढी मतले बिजय हुने दाबि गरेका छन । चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको उनले आफूले विकास र पूर्वाधार निर्माणले गर्दा पुनः दोहोरिने आधार तयार पारेको बताएका छन् ।
सिरहाको ४१ वटै वडामा चुनावी सभा, भेला, घरदैलो अभियान गरेका श्रेष्ठले आफू यस क्षेत्रको समस्याप्रति विगतदेखि नै चिन्तित र त्यसै अनुसारले काम गर्दै अर्बौ रकम ल्याएर विकास निर्माण अगाडी बढाउन भूमिका खेलेको बताएका छन् ।
खासमा यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा पूर्वमन्त्री श्रेष्ठ जित नजिक रहेको छ । सिरहा नगरपालिका, गोलबजार नगरपालिका, अर्नामा गाउँपालिका, नरहाँ गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष नेकपा एमाले र जसपाले जितेको छ । त्यससँगै वडामा एमाले र जसपाबा उम्मेदवारहरुले नै वढी जितेकोले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

सिरहाको निर्वाचन क्षेत्र नम्वर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ बटा र सिरहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ । एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खेको थियो । जसमध्ये नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो ।
यस्तै सत्ता गठवन्धनका वडा अध्यक्षहरुले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए । जसमध्येय नेकपा माओवादी केन्द्रले नौं हजार ५७१, नपाली काँग्रेसले १८ हजार १६, नेकपा एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७ प्राप्त गरेको थियो ।
प्रतिनिधि सभामा बाम–लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेकपा माओवादीका स्थायीसमिति सदस्य विश्वनाथ साह र नेकपा एमाले–जसपा गठवन्धनका तर्फबाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठ बिच हुने कडा प्रतिस्पर्धा हुने देखिएको हो ।



