सिरहा । मधेश प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रमोद कुमार यादव सेफ जोनमा छन् । सिरहा नगरपालिकाको २२ वटा वडा रहेको प्रदेश सभा क्षेत्रमा कानूनमन्त्रीलाई यसपालीको चुनाव जित्न कठिन छैन् । सक्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका यादवलाई नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली काँग्रेसका एक घटकको समर्थन रहेको छ । स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादीको संगठन नभएको अवस्थामा पाँच वटा वडा जित्न सफल भएकोले उनलाई यस चुनावबाट पुनः दोहोरिने प्रबल सम्भावना छ ।

अहिले चुनावी घरदैलो र सभामा सक्रिय रहेका कानूनमन्त्री यादव लोकप्रिय छन् । जनतासँग सहजै घुलमिल गर्नसक्ने क्षमता उनलाई लोकप्रिय मत पर्ने आकलन गरिएको छ । सिरहा नगरपालकावासी भएकोले पनि कानूनमन्त्री यादवलाई नेकपा एमालेबाट मत पर्ने प्रबल सम्भावना छ । स्थलगत रिर्पोट अनुसार सिरहा नगरक्षेत्रका विभिन्न गाउँटोलका एमाले नेता कार्यकर्ताहरुमा प्रतिनिधि सभाको मत लीलानाथ श्रेष्ठलाई र प्रदेश सभा सदस्यको मत कानूनमन्त्री यादवलाई दिने संवाद व्यापक भएको छ । यसले गर्दा कानूनमन्त्री यादवलाई यसपालीको चुनाव जित्न सहज भएको जानकारहरु बताउँछन् ।

यस क्षेत्रबाट प्रदेश सभामा नेपाली काँग्रेसका संजय प्रकाश यादव, जनता समाजवादी पार्टी (जसपा) बाट रेणु कुमारी यादव, नेकपा एमालेका बागी उम्मेदवार गोपाल प्रसाद यादव, जनमत पार्टीका ज्ञानु यादव र स्वतन्त्रबाट डा प्रविण यादव चुनावी मैदानमा रहेका छन् । कानूनमन्त्री यादवजस्तै अन्य दलका प्रदेश सभाका उम्मेदवारहरु पनि घरदैलो र सभा सम्मेलनमा सहभागी भएका छन् ।
५६ हजार वढी मतदाता
सिरहा क्षेत्र नम्बर ३ (ख) मा ५६ हजार वढी मतदाता रहेको छ । जिल्ला निर्वाचन कार्यालय सिरहा अनुसार २९ हजार ९५६ पुरुष र २६ हजार ६०१ महिला गरी ५६ हजार ५५६ मतदाता रहेका छन् । २९ मतदान स्थल र ६७ मतदान केन्द्र रहेको छ । यस क्षेत्रबाट प्रदेशसभामा मुख्यदलसँगै स्वतन्त्र गरी १४ जना उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय