सिरहा । सिरहाका १७० मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी १७० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जिल्लामा रहेको दुई सय २१ मतदान स्थल र तिन अस्थायी मतदान स्थल गरी दुई सय २४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताएकाछन् ।

जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको बताएकाछन् । “पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको बताए” ।
समितिले ४६ लाई संवेदनशील र ८ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कवारीले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूचि निर्धारण गरिएको बताए । गत स्थानीय निर्वाचनमा दुई सय २१ मतदानस्थल र चार सय ९८ केन्द्र राखिएको थियो । यस पटक तीन वटा मतदान स्थल अस्थायी मतदानदाताका लागि थपिएको छ । त्यस्तै मतदान केन्द्र बढाएर पाँच सय ५ कायम गरिएको छ ।

निर्वाचनका लागि चार हजार ४० कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ । चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
सिरहामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ गरी कूल बारह् पदका लागि दुई सय १० उम्मेदवार छन् । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला तथा अन्य दुई गरी कुल चार लाख २२ हजार ७ सय १२ मतदाता रहेका छन् । जिल्लामा ३२ दल क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय