प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले गरेको गठबन्धनको विषयमा भएको टिकाटिप्पणीबारे असन्तुष्टि पोखेका छन् । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेताहरुले गठबन्धनको व्यापक टिप्पणी गर्ने गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न प्रदेश १ को विराटनगर पुगेका देउवाले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताएर ओलीलाई जवाफ दिनु पर्ने बताएका छन् ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ,’ देउवाले भने, ‘उहाँले पनि राप्रपासँग गठबन्धन गर्नुभएको छ । उहाँले गठबन्धन गर्न हुने, हामीले नहुने ?’

देउवाले कार्यक्रममा लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाउन सत्तारुढ गठबन्धनले जित निकाल्नु पर्ने आवश्यकता रहेको पनि बताएका छन् ।
यही कार्यक्रममा उनले आफ्नोे पार्टी भित्र कुनै पनि नेताहरुबीच कुनै किसिमको मतभेद नभएको समेत बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय