नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा थप राख्नको लागि अनुमति लिने भएको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

असोज २०  गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो ।

शुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय